भारतीय दूतावासमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री देउवा

काठमाडौं, २७ साउन – प्रधानमन्त्री शेर बहादुर देउवा भारतीय दूतावासमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका छन् । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको उपस्थितीमा दूतावासमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन देउवा दूतावास पुगेका हुन् ।

                                                              तस्वीर : भारतीय राजदूतावासको फेसबुकबाट

भारतीय स्वतन्त्रता दिवसको ७० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपाल र भारतबीचको सहकार्यमा भएका कामहरुको संक्षिप्त भिडियो प्रदर्शनी प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपालका ५ सय भन्दा बढी उच्च नेताहरु समेत सहभागी भएको भारतीय दूतावासले दाबी गरेको छ ।

विमस्टेक बैठकमा सहभागी हुन नेपाल आएकी विदेशमन्त्री स्वराजले नेपाल आएपछि विहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायत उच्च नेताहरुसँग भेट गरिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार