https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

दश बर्ष पछि विरहीको तीज गीत (भिडियो सहित)

लोकदोहोरी गायीका सिर्जना विरही थापालाई नचिन्ने निकै कम संगीत प्रेमी होलान । पछिल्लो समय अमेरीका रहेकी गायकीका विरही गीत संगीतबाट विदा भएकी त होइनन भन्ने धेरैको गुनासो थियो तर त्यो गुनासोको अब भने समाधान भएको छ । उनै विरहीले अमेरीकाबाटै आफ्ना स्रोता दर्शकका लागी नयाँ गीत नाचेरै ल्याउने हो नम्वर लिएर आएकी छन ।
उत्कृष्ट शव्द र सुमधुर लय सिर्जना गर्ने भनेर सबैले विरहीलाई चिन्छन । दर्जनौैं उत्कृष्ट एल्वम सार्वजनिक भइसकेका छन विरहीका । अमेरीका रहेर पनि विरहीले नेपाली गीत संगीतलाई माया नमारेको उनको पछिल्लो गीतबाट अनुमान लगाउन सकिन्छ । नारिहरुको महान चार्ड हरितालिका तीजको अवसरमा महिला दिदी वहिनीहरुको लागि साँच्चिकै तीज गीत बनाएर पस्किने कोसीस गरेको छु थापाले भन्नु भयो ।
सिर्जना विरही थापाको स्वर शव्द संगीतमा रहेको  गीतमा अभिनय स्वयम सिर्जना विरही थापा माधुरी चापाँगाई, निलिशा गौतम, अस्मीता कोइराला,कृष्ण कार्की, सुष्मा केसी, सुभद्रा खत्री, कल्पना कार्की र अन्य दर्जन बढि कलाकारहरुको  रहेको छ ।
अस्मिता डिजिटल म्यूजिक कम्पनीले गीतको  बजार व्यवस्थापन गरेको छ ।

गीतको म्युजिक भिडियो हेर्नुहोस ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार