मध्य रातमा सिन्धुलीमा पहिरो, एकै परिवारका चारको मृत्यु

सिन्धुली, २८ साउन – गए राती पहिरो जाँदा सिन्धुलीको कमलामाई नगरपालिका एकै घरका चार जनाको मृत्यु भएको छ। नगरपालिका वडा नम्बर–६ स्थित २ नम्बर बजारमा पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका उनीहरूको पहिरोले पुरिएर मृत्यु हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुर्गा कुमारी खड्का, शोभा खड्का (१५ वर्ष), अनिस खड्का वर्ष (१० बर्ष) र मनिष खड्का (वर्ष ८) का रहेका छन्।

राती करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको हो। सँगै सुतिरहेका उद्य वहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घटना घटेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ।

प्रहरी कार्यालयलाई बारम्वार हटाउन अनुरोध गरेपनि प्रहरीले बेवास्ता गर्दा घटना घट्न पुगेको पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले बताए। महासंघको भवन समेत खतरामा रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार