काठमाडौं, २९ साउन – नेपाली कांग्रेसले आफ्नो सांसदहरुको एक महिना बराबरको रकम बाढी पीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले बाढी पहिरो पीडितहरुको उद्धार र राहतका पार्टी सांसदहरुले एक महिना बराबरको तलब राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । संसदको ठूलो दल कांग्रेसका २०७ सांसद छन् ।
वाढी पहिरो पीडितहरुलाई राहत र सहयोग उपलब्ध गराउन आर्थिक सहयोग संकलन गर्ने कांग्रेसको निर्णय छ । नेपाल बंैंक लि., कुपण्डोल शाखामा रहेको ‘नेपाली कांग्रेस वाढी पीडित सहयोग कोषको खाता नं. ०१३५-११-००१००७५ मा रकम जम्मा गर्न कांग्रेसको अपील छ ।
नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।
साथै सरकारले संचालन गर्ने उद्धार, राहतका सबै कार्यमा सघाउन पार्टीका सदस्यहरुलाई निर्देशन दिइएको कांग्रेसले जनाएको छ । बैठकले पार्टीका सबै निकायहरुलाई बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण र उद्धारमा जुट्न निर्देशन दिएको छ ।
देश्का विभिन्न ठाउँमा बाढी र पैर्होबाट भएको जनधनको क्षतीलाई कम गर्न प्रशासन, सुरक्षा फौज र सबैमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउबाद्वारा निर्देशन । (भिडियाे सहित)
देश्का विभिन्न ठाउँमा बाढी र पैर्होबाट भएको जनधनको क्षतीलाई कम गर्न प्रशासन ,सुरक्षा फौज र सबैमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउबाद्वारा निर्देशन ।
Posted by Pusp Kumar Shahi on Samstag, 12. August 2017