सिटी एक्सप्रेसले गर्‍यो स्रष्टा सम्मान

काठमाडौं, २९ साउन – भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान एवं यस सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा स्रष्टा सम्मान गरेको छ ।स्रष्टा सम्मान अर्न्तगत भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७४ वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाललार्इ र भक्तराज आचार्य अन्तर्राष्ट्रिय सङ्गीत पुस्कार २०७४ वरिष्ठ संगतिकार चन्द्रराज शर्मालार्इ सम्मान गर्नुका साथै पुरस्कार हस्तान्तरण गरेको थियो ।

सो कार्यक्रममा यस सिटी एक्सप्रेस मनी ट्रान्सफरले वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाललाई नगद पचास हजार एक  रुपैयाँ र सम्मानपत्र हस्तन्तरण गरेको हो । त्यसैगरी वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल अस्वस्थ्यताका कारण उपस्थित हुन नसकेकोले उनको पुरस्कार तथा सम्मानपत्र  उनीकी पत्नी कल्याणी रिमालले ग्रहण गरेकी थिइन् ।

नेपालबाट रोजगारी लगायत विभिन्न पेशा व्यवसायका लागि विदेशमा गएका नेपालीहरुले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तहरुले सरल तथा सहज रुपमा कानून वमोजिम प्राप्त गर्न सकुन भन्ने अभिप्रायले विक्रम संवत् २०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो ।

यस कम्पनी विप्रेषण व्यवसाय समूह मध्ये अग्रस्थान ओगट्न सफल  भएको छ । यसले  ‘पुर्‍याउँछौं सम्हालेर’ भन्ने नाराका साथ विदेशवाट पठाएको रकम उनीहरुका आफन्तहरुलाई सरल एवं शुलभ तरिकावाट हात हातमा पुर्‍याउने काम गरिरहेको छ ।

यस कम्पनीले ‘सेवा नै परम धर्म हो’ भन्ने सिद्धान्तको अनुशरण गर्दै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । जस अनुसार सुनकोशी बाढी पीडितका लागि राहत वितरण , २०७२ सालमा आएको महा–भुकम्प पिडित नुवाकोटको लिखु गा.वि.स. का करीब ५०० घरका लागि दश लाख मूल्य बराबरको खाद्यान्न वितरण , हिन्दूहरूका आराध्यदेव पशुपतीनाथ मन्दिर परिसरमा भुकम्प प्रतिरोधी नमूना शौचालय निर्माण तथा एकिकृत नमूनावस्ती निर्माणका लागि ‘धुर्मुस सुन्तली फाउण्डेशन’ लाई उल्लेख्य सहयोग प्रदान गरिसकेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले यस प्रकारका गायक तथा नाट्य क्षेत्रका साथै विभिन्न प्रकारका सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता कम्पनीका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार