जागिर नपाएपछि पाइलटले खोले पेट्रोलपम्प !

काठमाडौं, ३० साउन – अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनु पर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् ।

नेपालगन्जका अभयकुमार टन्डन पाइलट हुन तर अहिले उनी पेट्रोलपम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे ।

सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्डयन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन पाएनन् ।

प्रारम्भिक शिक्षा नेपालगन्जबाट लिएका अभयले सेन्ट जोसेफ कलेज तैनीतालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट पढ्न अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजी क्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए ।

अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स बन्द प्रायः थियो । ‘जागिरको खोजीमा लागेँ, तर पाइनँ,’ अभय भन्छन्, ‘नेपाल एयरलाइन्स बन्द थियो । बुद्ध र यतीमा जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट भएकाले जागिर नपाएको टन्डनको भनाइ छ । – अन्नपूर्ण पोस्ट दैनिकमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार