काठमाडौं, ३० साउन – पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो र डुबानबाट मुलुकभर धनजनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै वक्तव्य जारी गरेका छन्। उनले राहत तथा उद्धारमा तदारुकता देखाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
पूर्वराजा शाहले वक्तव्यमा विगत केही दिन देखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धन जनको क्षति पयाएको मा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शाहले विपत्तीको यस घडीमा उत्त क्षेत्रका जनतालाई राहत एव उद्धार उपलव्ध गराउदै प्रकोप नियन्त्रणका लागि सम्वन्धीत पक्षले तदारुकता देखाउने विश्वास व्यक्त गरेका छन्।
शाहले यस दु:खद घडीमा धर्य र सहासको साथ विपत्ती सामना गर्ने सफलता को लागि ईश्वरसँग प्रार्थना गरेका छन्।