बाढी पहिरोबाट मृत्यु भएका बीमितको २४ घण्टा भित्रै मृत्यू दाबी रकम हस्तान्तरण

काठमाडौं, ३० साउन – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परि असामयिक निधन हुनुभएका सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व.श्रीमती दुर्गा कुमारी खड्का का परिवारलाई रु.१०,३६,०००र( (अक्षरेपी दश लाख छत्तिस हजार) हस्तान्तरण गरेको छ ।

कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले सम्पन्न गरि आममानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरुप मिति २०७४।०४।२८ गते निधन हुनुभएको परिवारलाई २४घण्टा भित्रै मिति २०७४।०४।२९ गते नै उक्त रकम हस्तान्तरण गरिएको हो ।

उक्त मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक श्री बिरोध भट्टले मृतकका श्रीमान उदय बहादुर खड्का लाई प्रदान गर्नुभएको थियो । स्व. बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा रु.२४,३०४ मात्र बीमाशूल्क बुझाउनु भएको थियो ।

कम्पनीले बाढी पहिरोका कारण असामयिक निधन हुनुभएका मृतक आत्माका चीरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार