बाढीपहिरो प्रभावितलाई सहयोग गर्न राष्ट्रसंघलाई नेविसंघको आग्रह

काठमाडौं, ३० साउन – नेपालका वाढीपहिरो तथा डुबान प्रभावितलाई सहयोग गर्न नेपाल विद्यार्थी संघले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।  संयुक्त राष्ट्रसंघको युथ एसेम्लीमा भाग लिन अमेरिकाको न्यूयोर्कमा पुगेको नेविसंघको प्रतिनिधीमण्डलले केही दिनदेखि बाढीपहिरो र डुबानका कारण २६ जिल्लाको जनजीवन प्रभावित भएकाले उनीहरुलाई राहत लगायत आर्थिक र मानवीय सहयोग गर्न राष्ट्रसंघलाई आग्रह गरेको हो ।

प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्रसंघको विश्व युवा सभामा सहयोगका लागि प्रस्ताव गर्नुभएको हो ।

त्यस्तै, अमेरिकामा रहेका जनसम्पर्क समितिको छुट्टाछुट्टै कार्यक्रममा नेपाल विद्यार्थी संघको प्रतिनिधिमण्डलले अमेरिकामा बसेका नेपाली समुदायसँग बाढी प्रभावितलाई सहयोग गर्न अनुरोध गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार