रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध

साउन ३० – रियल म्याड्रिडका मुख्य खेलाडी क्रिष्टियानो रोनाल्डो पाँच खेलका लागि प्रतिवन्धमा परेका छन् । आइतबार स्पेनिस ‘सुपर कप’को पहिलो लिगमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड ३–१ ले विजय भएपछि घरेलु कारबाही अन्तर्गत ३२ वर्षीय रोनाल्डो पाँच खेलको लागि प्रतिवन्धमा परेका हुन् ।

उक्त खेलमा उनले दुइओटा पँहेलो कार्ड पाएपछि एक खेलको लागि प्रतिवन्धमा परेका थिए । तर, खेलमै रेफ्रिलाई हातले धकेलिदिएपछि बाँकी अन्य चार खेलको लागि प्रतिवन्धमा परेका हुन् ।

खेलमा गोल गरेपछि खुशियाली मनाउन उनले आफ्नो जर्सीसमेत खोलेका थिए ।

अगामी बुधबार हुने ‘स्पेनिस सुपर कप’ दोश्रो लिगमा उनले खेल्न पाउने छैनन् । त्यस्तै, अगष्ट २० र २७ तथा सेप्टेम्बर ९ र १७ मा हुने ‘ला लिगा’समेत खेल्न पाउने छैनन् । तर, उनले यस निर्णयको अपिल भने १० दिनभित्र गर्न पाइने बताइएको छ ।

पोर्चुगल अन्तर्राष्ट्रिय च्याम्पियन्स लीगमा भने उनले खेल्न सक्नेछन् । तर, यस घरेलु कारबाहीका कारण आगामी सेप्टेम्बर २० मा हुने रियल बेटीजको विरुद्ध खेलमा उनी सहभागी हुन पाउने छैनन् । (एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार