एकैदिन संसद् र प्रदेशको चुनाव गर्न प्रमुख तीन दलबीच सहमति

प्रदेश र संघको चुनाव मंसिर दोस्रो साता

काठमाडौं, ३२ साउन – प्रमुख तीन दलका शीर्ष नेता प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै दिन गर्ने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बोलाएको प्रमुख तीन दलको बैठकमा आगामी मंसिरभित्रै दुवै निर्वाचन एकै पटक गर्ने निश्कर्षमा पुगेका हुन् ।

आज बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए। उनले प्राविधिक र कानुनी विषयमा आयोगसँग बिहीबार थप छलफल गर्ने सहमति भएको जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएपछि प्रधानमन्त्री देउवाले बुधबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक डाकेका थिए । निर्वाचन आयोगले भने एकै पटक निर्वाचन गर्न कानूनी तथा प्राविधिक जटिलता रहेको बताएको छ ।

एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आगामी मंसिर १५ गतेभित्र दुवै तहको निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताए ।

त्यस्तै, तीन दलबीच आगामी भदौ ४ गतेभित्र संविधान संशोधनको विषयलाई टुंगोमा पु¥याउने सहमतिसमेत भएको छ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न पनि तीन दल सहमत भएको उपनेता नेम्वाङले जानकारी दिए ।

बुधबार मात्रै निर्वाचन आयोगका पदाधिकारीसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । आयोग सदस्यहरुले भदौं १ निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए ।

बैठकमा एमाले अध्यक्ष के पी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सहभागी थिए ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार