‘अकुत’ कारबाहीमा अख्तियार असफल

काठमाडौं, १ भदौ – भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन् । सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको करिब चारवर्षे कार्यकालमा अकुत सम्पत्तिमा १७ कर्मचारी र दुई राजनीतिकर्मीमाथि छानबिन भएको छ ।

अकुतको कारबाहीका लागि अख्तियारले राजनीतिक तहमा हात हाल्न असफल भएको छ । कार्की प्रमुख बनेपछि अख्तियारले पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहविरुद्ध ०७३ साल पुस २५ मा करिब ३१ करोड रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा चलाएको थियो ।

यस्तै, पूर्वअर्थराज्यमन्त्री ल्हार्केल लामाविरुद्ध पनि अकुत मुद्दा चलाइएकोमा उनले विशेषबाट सफाइ पाइसकेका छन् । यतिबेला अख्तियारको कारबाही कर्मचारीको स्ट्रिङ अप्रेसन (रंगे हात) मै बढी केन्द्रित छ । राजनीतिक तहमा भएको छानबिन कारबाही यही एउटा मात्र हो । यसबाहेक १८ कारबाही कर्मचारी तहमा मात्र सीमित छन् ।

कर्मचारी तहमा चितवन जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट केशवराज भुर्तेलविरुद्ध दुई करोड ६३ लाख ५२ हजार रुपैयाँ अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाइएको छ । ०७२ साल फागुन ११ गते यो मुद्दा विशेषमा दर्ता भएको थियो । यस्तै, ०७३ कात्तिकमा काठमाडौं महनगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुँयालले दुई करोड ७३ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ भने सशस्त्र प्रहरीका पूर्वएआइजी रिषभदेव भट्टराईविरुद्ध दुई करोड रुपैयाँ अकुत सम्पत्ति आर्जनमा मुद्दा चलेको छ । – अन्नपूर्ण पोस्ट दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार