तीन छोरी गुमाएका थारुलाई प्रधानमन्त्रीले दिए ६ लाख

कैलाली पुगेर प्रधानमन्त्रीले भने–‘राहतमा कुनै कमी हुँदैन’

नेपालगञ्ज, १ भदौ – बाढीले घर भत्किएर तीन छोरी गुमाएका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन् ।

बाढी पीडितको अवस्था बुझ्न बाँके पुगेका प्रधानमन्त्री देउवाले सरकारको निर्णय अनुसार ६ लाखको चेक दिएका हुन् । सरकारले बाढीमा मृत्यु भएकाको परिवारलाई २-२ लाख राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवाले कामीलाललाई सरकारले नै घर बनाइदिने आश्वासन दिएका छन् । लगातारको वषर्ापछि आएको बाढीले राप्ती सोनारी ४ लालपुर गाउँमा थारुको घर भत्किएको थियो । घर भत्किन थालेपछि थारु दम्पत्तिले भागेर ज्यान बचाए तर, ७, ९ र १२ वर्षकी तीन छोरीको मृत्यु भएको छ ।

कैलाली पुगेर प्रधानमन्त्रीले भने–‘राहतमा कुनै कमी हुँदैन’

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको बिहीबार हवाई निरीक्षण गरेका छन् । उनले टीकापुरको पुरानो विमानस्थलमा ओर्लिएर बाढीपीडितलाई राहत सामग्री पनि हस्तान्तरण गरे ।

सोक्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिए । उनले खाद्यान्न लत्ताकपडा र पालको व्यवस्था गरेको बताए ।

उनले बाढीबाट विस्थापित भएकाहरुलाई त्रिपाल हालेर बस्ने ठाउँ दिइनेसमेत बताए । बाढीपीडितको राहत र उद्धारमा सक्रिय सबैलाई धन्यवाद दिँदै उनले प्रभावितका लागि सहयोग गर्न सबैमा अपिल गरे ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार