गायक भगवान भण्डारीलाई ऋण लाग्यो भन्न रोक (भिडियो सहित)

गीत संगीतमा एउटा चर्चित नाम हो भगवान भण्डारी । हाल भण्डारी अमेरीका रहेका छन तर नेपाल र नेपाली गीत संगीतलाई भने माया मारेका छैन ।
उनै भण्डारीको लय तथा शव्द सिर्जनामा निर्मला भण्डारीको तीज गीत नभने बुडाले ऋण लाग्यो सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भएको छोटो समयमै राम्रो प्रतिक्रिया पाएको छ । आशिष म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा तीजमा राम्रो लगाउने कुरालाई तीज सँग जोडेर गीतको विषय बस्तु बनाइएको छ ।
निमर्ला भण्डारी र भगवान भण्डारी एउटै घरका समेत हुन ।
निमर्ला भण्डारी र करिश्मा ढकालले अभिनय गरेको सो गीतमा शंकर वि.सीले निर्देशन गरेका छन ।
गीतको म्युजिक भिडियो यस्तो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार