http://jagdambacement.com/

सिटी एक्सप्रेसबाट बाढीपीडितलाई तीन लाख सहयोग

काठमाडौं: सिटी एक्सप्रेस मनी ट्रान्सफरले बाढीपीडितका लागि तीन लाख रुपैयाँ सहयोग गरेको छ । सिटी एक्सप्रेसले बिहीबार आफ्नै कार्यालय सिटी एक्सप्रेस कम्ल्पेक्स भवनमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम सहयोग गरेको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण कर्मचारी, सिटी एक्सप्रेस बचत तथा ऋणसहकारी संस्था लिमिटेड र सिटी एक्सप्रेस ट्रेडिङ्ग कन्सर्नका सम्पूर्ण कर्मचारीहरुले एक दिनको तलब एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरसमेतको रकम संकलन गरी नगद तीन लाख रुपैयाँ बाढी पीडितको नाममा धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराएको छ ।
देशभरमा विभिन्न जिल्लामा बाढी तथा पहिरोले देशमा ठूलो धनजनको क्षति हुन गई देश नै शोकाकुल अवस्थामा गुज्री रहेकोले यस दःुखद घढिमा पिडितलाई सहयोग गर्नु मानव धर्म तथा कम्पनीकाे सामाजिक दायीत्व ठानी सहयोग गरेको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर २०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनी विप्रेषण व्यवसाय समूह मध्ये अग्रस्थान ओगट्न सफल समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथसाथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा आवद्ध भै यस कम्पनिले सहयोग गर्दैअाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार