२५ करोडको सहयोगसँगै मोदीले दिए दिए श्रद्धाञ्जली र समवेदना

काठमाडौं, ३ भदौ -प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले-शुक्रबार साँझ ६ बजे देउवालाई फोन गरे । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेको देउवाको निजी सचिवालयले जनाएको छ । कुराकानीका क्रममा मोदीले बाढी र पहिरोका कारण नेपालमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै २५ करोड रुपैयाँबराबर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारलाई समवेदना व्यक्त गरेका छन् । ‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गनर्ेे प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।- नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार