किन भित्र्याउदैछ सेनाले यस्ता ११ वटा हवाई साधन ?

काठमाडौं, ३ भदौ – नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ। आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक आगामी डेढ बर्ष भित्र सेनाले भित्राउने भएको हो। हाल सेनासँग १० हवाइ साधन चालू अवस्थामा छन् भने १५ वटा चल्न सक्ने हालतमा छैनन्।

अघि बढिसक्यो खरिद प्रक्रिया
प्राकृतिक प्रकोप र अन्य उद्धार कार्यका साथै दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूूर्वाधारका सामग्री ढुवानी, बिरामीको उद्धार, विशिष्ट पदाधिकारीको उडानका लागि सेनाले सात वटा हवाई साधन (हवाइहाज र हेलिकप्टर) किन्ने भएको हो । यीमध्ये कतिपयको खरिद प्रक्रिया अघि बढिसकेको छ । रुसमा निर्माण भएका दुई एमआई–१७ हेलिकप्टर, एक विशिष्ट खाले (भीआईपी) हेलिकप्टर र एउटा जहाज (फिक्स्ड विङ) खरिद प्रक्रिया अघि बढेको छ । अन्य तीन प्रकारका (मध्यम–१ र हल्का–२) हेलिकप्टरका लागि पनि प्रक्रियागत काम हुँदै गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाले ६ हेलिकोप्टरसँगै ल्याउन लागेको हवाइ जहाज एअर बस कम्पनीको हो । स्रोतका अनुसार जहाज खरिदका लागि इन्डोनेसियाली कम्पनी पीटीडीआई र नेपाली सेनाबीच असार पहिलो साता सम्झौता भएको थियो। यसका साथै अमेरिकाले चार वटा स्काई ट्रक अनुदानमा उपलब्ध गराउने छ। प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका क्रममा त्यो टुंगो लागेको हो। – कान्तिपुर दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार