बल्कोट-काठमाण्डौ सेवा समाजको तीज विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न (तस्बिर सहित)

काठमाडौं, ३ भदौ – अर्घाखाँची, बल्कोट-काठमाण्डौ सेवा समाज, काठमाण्डौंले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीज २०७४ को अवसरमा तीज विशेष दरखुवाउने तथा सास्कृतिक कार्यक्रम आज भदौ ३ गते शनिवार काठमाण्डौमा सम्पन्न गरेको छ ।


बल्कोट (छत्रदेव गाँउपालिका वडा नं. २ र ३ )बाट काठमाण्डौमा आई बसोवास गरिरहनुभएका सवैलाई आमन्त्रण गरी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न पेशा ब्यवसाय गरी वा कुनै कारणले बल्कोट छोडी काठमाण्डौमा बसेका करिब २०० जनाकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा सहभागीहरुले तिजकाे गितमा नाचगान गरी रमाईलो गरेका थिए भने ७० वर्ष पारगरेका २ जना महिला जेष्ठ नागरिक लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हालै तराईमा आएको बाढिले पुर्याएको जनधनको क्षतिमा थोरै भएपनि मलम लगाउनका लागि सवैले आ आफ्नो स्थानबाट सहयोग गर्नका लागि आग्रह गरिएको थियो ।


समाजले विगत केही वर्ष देखि विभिन्न अवसर पारी शुभकामना आदानप्रदान, तिजमिलन तथा बनभोज जस्ता कार्यक्रमहरु गर्दै आईरहेकोछ ।
“काम विशेषले आप्mनो जन्मस्थान छोडी बाहिर रहेपनी विभिन्न कार्यक्रम आयोजना गरी सवैजना भेटघाट गर्दा सामाजिक भावना उत्पन्न हुने, नयाँ पिढिहरु पनी समाजमा घुलमिल हुनुका साथै हाम्रा कला सस्कृतीको बारेमा परिचित हुन पाउछन्” महेन्द्र उ.मा. वि. का पूर्व प्राचार्य ठाकुर प्रसाद पाण्डेले भन्नुभयो ।

कार्यक्रममा बल्कोटकै डा. दिनेश भट्टराई सम्माननीय प्रधानमन्त्रीज्यूको परराष्ट्र सल्लाहकारमा नियूक्ति हुनुभएको तथा सेवा समाजका सदस्य राजेश पन्थी छत्रदेव गाँउपालिका वडा नं. २ को अध्यक्षमा निर्वाचित हुनभएकाले उहाँहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुले आफ्नो कार्यकालमा सकेसम्म धेरै भन्दा धेरै बल्कोटको हितमा कामगर्न अनुरोधका साथ उहाँहरुको कार्यकालको सफलताका लागि शुभकामना ब्यक्त गरिएको थियो ।


सेवा समाजका संयोजक मान बहादुर रायमाझीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा समाजका सहसंयोजक राजेन्द्र भट्टराईले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
छोटो औपचारिक कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, शंकर पौडेल, नारायण भट्टराई, डा. मुक्तिराम श्रेष्ठ, अनिता ज्ञवाली, बावुराम पौडेलले आ आफ्नो मन्तव्य सहित शुभकामना ब्यक्त गर्नुभएको थियो भने समाजका सचिव काशिनाथ पौडेले कार्यक्रममा सन्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार