प्रचण्डले ल्याए नयाँ प्रतिनिधिहरु २०७४ सालकै उत्कृष्ट तिज गीत (भिडियो सहित)

बुटवल, २२ साउन – हिन्दुनारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक, गायक गायिका, मोडल र सम्पूर्ण नेपाली कलाकार हरुलाइ भ्याइ न भ्याइ छ ।
विशेष गरि नाचेर गायर रमाइलो गरि मनाइने तिज एउटा सांगीतिक पर्व भएको कारणले पनि प्राय महिला कलाकारहरुले आफ्नो मनोभावनालाई एल्बमको रूपमा रेकर्ड गरि नाचगान र रमाइलोलाई भिडियो बनाउने चलन त धेरै बर्ष पहिले देखिनै थियो भने केही बर्ष यता पुरुष कलाकारको पनि तिज पर्व र तिजी गीतसंगीतमा उत्तिकै सहभागिता देखिन्छ ।

नेपाली महिलाहरु को महान पर्व हरितालिका तिज नजिकै गर्दा बजारमा थुप्रै गित आई सकेका छन् । यसै क्रममा बुलबुल मीडीया प्रा ली ले पनि प्रचण्ड जी सी को अर्को तिज गित बजारमा ल्याएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल सर्जक तथा गायक प्युठान जील्ला मा जन्मेर रुपन्देही जील्ला लाई कर्म थलो बनाएका कलाकार प्रचण्ड जी सी को लय अनी शब्द मा आफ्नै तीज कोसेली ” फेरीयो हाम्रो गाउ ” बोल को गीत बजार मा ल्याएको हो ।

उक्त गित मा ऐले को स्थानीय चुनाव पछी गाउ टोल शहर मा हुने परीबर्तन का कुरा लाई शब्द मा गायक तथा सर्जक प्रचण्ड जी सी ले उतारेका छन।

गीत मा प्रचण्ड जी सी र अनुराधा घर्ती को स्वोर रहेको छ। गित को छायाङकन, सम्पादक तथा नीर्देशन मनिष पन्त ले गरेका छन् भने उक्त भीडीयो मा कोरीयोग्राफर न्यु सत्य साई कला केन्द्र का प्रोपाईटर सुन्दर गुरुङ ले गरेका छन् । उक्त भिडियो मा कृष्ण बाबु राज के सी, सोस्तीका र जुनु ले अभीनय गरेका छन् । भीडीयो श्रीनगर फिल्म्स प्रा ली ले नीर्माण गरेको हो । छायान्कान को सम्पूर्ण बेबस्थापन संचार कर्मी कृष्ण भण्डारी ले गर्नु भएको छ । गीतको म्युजिक भिडियो यस्तो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार