शान्ती श्रीको दुइ नम्वरी गर तीज गीत हेरे ११ लाख भन्दा धेरै दर्शकले (भिडियो सहित)

काठमाडौं, ४ भदौ – छोटो समयमै नेपाली गीत संगीतमा चर्चित नाम मध्ये एक हो शान्ती श्री परियार । पछिल्लो समय उनीले गाएका गीतहरु एक पछि अर्को चर्चित बन्दै गए पछि शान्ती पक्कै पनि मख्ख होलीन ।

यो पटक तीजलाई लक्षीत गरि उनले ल्याएको मेरो छोरा दुई नम्वर गर बोलको गीत आजको मिति सम्म ११ लाख १६ हजार भन्दा धेरै दर्शकले हेरीसकेका छन भने गीतमा पाँच हजार ६ सय भन्दा धेरै लाई र छ सय भन्दा धेरै कमेन्ट पनि आएका छन । साथै गीतलाई सात सय भन्दा धेरैलाई डिशलाईक पनि गरेका छन् ।

शान्ती श्री परियार पछिल्लो समय तीजको कार्यक्रममा व्यस्त छिन । प्राय तीजको यो समयमा सबै कलाकार व्यस्तनै छन् । कार्यक्रमकै शिलशिलामा उपत्यका बाहिर रहेकी परियारले गीतलाई सबैले माया गरिदिएको प्रति आभार प्रकट गर्नु भयो ।
शान्ती श्री परियार र पशुपति शर्माको आवाज रहेको सो गीत सामाजिक विषय बस्तुमा केन्द्रीत छ भने गीतलाई पशुपति शर्माले लेखेका हुन् ।यो बर्षनै शान्तीले आवाज दिएको मुग्लीनको धुलोले बोलको गीत पनि चर्चामा छ । गीतको म्युजिक भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार