११ एआइजीको पदस्थापन,चन्दलाई महानगरीय प्रहरी कार्यालयकाे जिम्मेवारी

काठमाडौं, ५ भदौ – ११ जना एआइजीको पदस्थापन भएको छ। पदस्थापन अनुसार महानगरीय प्रहरी कार्यालयकाे जिम्मेवारी जयबहादुर चन्द आउने भएका छन् ।बमबहादुर भण्डारी अपराध अनुसन्धान विभागमा पदस्थापन हुदाँ देबेन्द्र सुवेदी एकेडेमी र पशुपति उपाध्यक्ष प्रदेश प्रहरी कार्यालय प्रदेश १ मा पदस्थापनमा परेका छन् ।केशरीराज घिमिरे प्रदेश प्रहरी कार्यालय प्रदेश ३, माधब जोशी प्रशासन विभाग, विजयलाल कायस्थ प्रदेश प्रहरी कार्यालय प्रदेश २, कमलसिंह बम प्रदेश प्रहरी कार्यालय ४, मिङमार लामार प्रदेश प्रहरी कार्यालय ५, रणबहादुर चन्द प्रदेश प्रहरी कार्यालय प्रदेश ६ र विजयकुमार भट्ट प्रदेश प्रहरी कार्यालय प्रदेश ७ मा पदस्थापन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार