मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

रामेछाप, ७ भदौ – जिल्लाको दोरम्वा गाउँपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । दोरम्वा गाउँपालिका वडा नं. ३ का ३५ वर्षे ढकबहादुर बुढाको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ससुरा विरामी भएपछि हेरचाह गर्न दोरम्वा-६ मा रहेको ससुराको घरमा पुगेका बुढाले मंगलबार राती मोवाइल चार्जमा राखेर सुतेका थिए । राति बत्ती गएपछि पुनः विहान मोवाइल चार्जमा राख्न खोज्दा उनलाई करेन्ट लागेको बताइएको छ ।

बुढालाई उपचारका लागि काठमाडौंमा रहेको शिक्षण अस्पतालमा ल्याइपुर्‍याएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार