काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा क्रममा दुर्इ देशबीच आठ समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहिबार हैदराबाद हाउसमा भएको दुई देशका प्रतिनिधिमण्डलबीच भएको बैठकमा आठवटा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
जसमा पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ । भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोगबारे छ भने अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ ।
नेपाल र भारतबीच मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता भएको हो । सहयोगीलाई समेत नराखेर देउवा र मोदीबीच हैदरावाद हाउसमा बिहीबार मध्यान्ह भेट भएको थियो ।
नेपाल-भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट कुशाहा कटैया प्रसारण लाइनको पनि देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।
आजै प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।