घुम्नेबित्तिकै फोटो अपलोड गर्न महानगरमा फ्री वाइफाई : दुई करोड विनियोजन

काठमाडौंभित्रका ऐतिहासिक सम्पदा तथा सार्वजनिक स्थलमा निशुल्क एन्टरनेट सेवा प्रदान गरिने भएको छ । महानगरपालिकाले सम्पदा तथा सार्वजनिक स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीयका लागि फ्री वाइफाई जोन बनाउन लागेको हो ।

महानगरपालिकाको आर्थिक बर्ष २०७४ ७५ को निती तथा कार्यक्रममा नै काठमाडौंमा महत्वपूर्ण स्थलमा फ्री वाइफाई जोन बनाउन दुई करोड रुपैयाँ विनियोजित गरेको छ । महानगरपालिकाले पहिलो चरणमा फ्री वाइफाई जडान गर्ने स्थलको प्रारम्भिक टुंगो लगाएको छ ।
जसअनुसार, हनुमानढोका, दरबार परिसर, पशुपति क्षेत्र, स्वयम्भू चैत्य, बौद्धनाथ स्तुपा, बालाजु पार्क र शंखपार्कलाई फ्री वाइफाई जोन बनाउने योजना अघि सारेको छ ।

‘पर्यटकले घुम्नेबित्तिकै फोटो तथा भिडियो अपलोड गर्न सहज होस् भनेर नै इनटरनेट सेवा जडान गरेका हौं ।’काठमाडौं महानगरपालिका का प्रवक्ता ज्ञानेन्द्र कार्की बताए ।- नागरिक(काष्ठमण्डप)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार