काठमाडौं– आधूनिक बैंकिङ्ग व्यवस्थापन र अर्थव्यवस्था नामक पुस्तक नेपालका बैंकर्स तथा आर्थिक विश्लेषक सुरोज टण्डनले प्रकाशन गरेका छन् ।
पुस्तक उत्सव बुक्स प्रकाशनले भर्खरै बजारमा ल्याएको हो । प्रकाशित पुस्तक विश्लेषणात्मक, श्रृजनात्मक, अनुसन्धान तथा खोजमुलक रहेको लेखकको भनाई छ ।
पुस्तक व्यवस्थापन र अर्थशास्त्र क्षेत्रका विद्यार्थीहरुका साथै बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत जनशक्तिको लागि समेत उपयोगी रहने लेखकको भनाई छ ।
नेपालको आर्थिक अवस्थासँगै वित्तीय क्षेत्रले अर्थतन्त्रमा पार्ने प्रभाव र बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्थासँगै आधूनिक व्यवस्थापन शैली समेत समेट्न सकेकोले पुस्तकले बैंकिङ्ग शिक्षा र वित्तीय साक्षरता बढाउन कोशेढुंगा बन्ने विश्वास लेखकले बताएका छन् ।
नेपालीलाई कोरियालगायत विदेशमा जान समेत नेपाल सरकारले बैंकिङ्ग शिक्षा अनिवार्य गरेको हुँदा पुस्तक बैंक तथा वित्तीय क्षेत्रको ज्ञान, सीप उपलब्ध गराउन अति उपयोगी र सहयोगी हुने, नेपालको अर्थतन्त्र, वित्तीय बजार र बैंकिंग प्रणालीको फरक तरिकाले प्रस्तुत गरिएको लेखककाे भनाई छ ।
बैंकिंग र प्राज्ञिक क्षेत्रको लामो अनुभव हासिल गरेका लेखक टण्डनले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.एस., एम.फिल. पश्चात नेपालको वित्तीय क्षेत्रमा विद्यावारिधीको अध्ययन गर्दैछन् ।