बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

उपाधिका लागि नेपालले भारतसँग खेल्ने

काठमाडौं, ९ भदौ – नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेको हो ।

खेलको ५ मिनेटमा आकाश बुढामगरले पहिलो गोल गरी नेपाली टिमलाई १–० को अग्रता दिलाएका थिए । आकाशले नै ३० मिनेटमा दोस्रो गोल गरेपछि नेपाल पहिलो हाफमा २–० ले अगाडि रह्यो । दोस्रो हाफमा भने नेपाललाई निकै दबाबमा पारेको बंगलादेशले २ गोल गरे पनि नेपालले अर्को दुई गोल थपे पछि नेपाल ४–ले विजयी भएको हो ।

साफ यू १५ च्याम्पियनशीपमा नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । समूह बीको उपविजेता हुँदै नेपाल अन्तिम चारमा पुगेको थियो ।

नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ । शुक्रवार नै भएकाे अर्काे सेमिपःइनलमा भारतले भुटानलाइ ३– ० ले पराजित गरेकाे थियाे । नेपालले उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार