बर्षौ विदेश काम गर्नेकाे पिडा: घर आउँदा न सम्पत्ति न श्रीमती

धनकुटा, ११ भदौ – साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगद र गरगहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् । विदेशमा दु:ख गरेर कमाएको पैसा र गहना बोकेर एकसातापहिले हराएकी श्रीमती अहिलेसम्म फेला परेकी छैनन् ।

श्रीमती युनिशा लिम्बू अढाई बर्षीय छोरा र पाँच लाखसहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ । त्यस्तै धनकुटा ५ की ४४ बर्षीया विन्दु श्रेष्ठ छोरी अस्मितासहित गत साता वेपत्ता भएको प्रहरीमा उजुरी परेको छ । पति टुकबहादुरले विदेशबाट पठाएको पाँच लाख नगदसहित उनी वेपत्ता भएकी हुन् ।

यसैगरी, धनकुटा २ का डम्बर बहादुर राईको पनि पीडा उस्तै छ । विदेशबाट पठाएको पाँच लाख नगद र दुई तोला सुनसहित पत्नी बेवत्ता भएपछि उनले पनि प्रहरीमा खोजी गरिदिन निवेदन दिएका छन् ।

माथिका घटना उदाहरण मात्र हुन् । यस्ता प्रकृतिको दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो पर्ने गरेका छन् । यस्ताे बिकृतिलार्इ राेक्न सरकारले समयमाै जनचेतना तथा हरेक गाँउमा बै‌ककाे ब्यवस्था गर्नु पर्छ ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार