सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा, आन्तरिक परीक्षामै धमाधम फेल

काठमाडौं, १२ भदौ – नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउरा चपाएसरह बनेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि अनुत्तीर्ण हुनेको संख्या ह्वात्तै बढेको छ ।

नेपालको संविधान २०७२ ले निजामति सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थामा पदपूर्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि आयोगले सेनालगायत ९८ वटा संगठित संस्थामा पदपूर्ति गर्न थालेको हो ।

तीमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामा नै हुने गरेको आयोगले जनाएको छ । – अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार