उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी कुलमान हटाउने खेलमा

काठमाडौं, १३ भदौ — दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।

गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङ्लाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बैसाखी टेकेर हटाउन लागिएको हो ।

गत वर्ष भदौ २९ गते चार वर्षका लागि नियुक्त घसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको आजको नागरिक दैनिकमा खबर छ ।

लोडसेडिङ सधैंका लागि अन्त्य गरी उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीका सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ । घिसिङ, राजीव शर्मा, प्रवल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतको भनाइ छ ।

प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिवारिक सम्पत्ति विवरण फारम (१३ पाने) भर्न तल्लीन छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार