डा. केसी अस्पताल भर्ना, के भयो केसीलाई ?

काठमाडौं, १४ भदौ – सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् । बिरामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।

२३ दिनको आमरण अनसनलगत्तै डा. केसी बाढी प्रभावितको उपचारमा खटिएका थिए । अस्पतालमा कार्यरत डा. अभिषेकराज सिंहका अनुसार,

-डा. केसीको पेटको दुखाइ अत्याधिक बढेको छ । केसी चार दिनदेखि बेडमै हुनुहुन्छ । बुधबार भिडियो एक्स-रे र इनडोस्कोपी गर्नेछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार