रामेछाप, १४ भदौ – रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका ५ प्रितीमा मंगलबार बिहान राँगाले हान्दा वडाध्यक्ष कुबिर खत्रीसहि चारजना घाईते भएका छन् । खत्रीको अवस्था गम्भीर छ ।
मान्छे आक्रमण गरिरहेका राँगा नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हानेर मारेको थियो । ईलाका प्रहरी कार्यालय प्रितिका एक प्रहरी जवानसहित स्थानीय मानबहादुर सार्की र कालु नेपाली घाईते छन् । – नयाँ पत्रिका दैनिक