https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

संविधानमा ‘हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि’ लेख्न माग

काठमाडौँ-राष्ट्रिय शिवसेना पार्टीले मुलुकलाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्ध जन्मभूमि घोषणा गर्न माग गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष विक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि भनेर संविधानको प्रस्तावनामा समावेश गर्नुपर्ने माग गरे ।

मुलुकको विद्यमान राजनीतिक अस्थिरता र अन्योललाई दलहरुले निकाश दिन नसकेमा मुलुकको अस्तित्व नरहने बताउँदै उनले देश विभाजन, विखण्डन र विघटन हुनसक्ने खतरा औँल्याए ।

अध्यक्ष बमले भने– “देशको राष्ट्रियता, स्वाभिमान जोगाउन जनताले चाहेमा संवैधानिक राजसंस्थालाई आलंकारिक रुपमा निरन्तरता दिनुपर्छ ।”

यही भदौ २८ गते भष्ट्राचारका विरुद्धमा काठमाडौँमा विभिन्न दबाबमूलक कार्यक्रम गरिने राष्ट्रिय शिवसेना पार्टीले बताइएको छ । विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा करिब ४० जना प्रवेश गरेका थिए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार