प्रधानमन्त्री द्रारा महाकाली पुलको शिलान्यास, ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने

कञ्चनपुर, १५ भदाै – कञ्चनपुरको नेपाल-भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम नेपालको विकासको ढोका खुलेको बताएका छन् । महाकाली नदी पारी रहेका दोधारा-चाँदनी गाविसलाई जोड्ने चार लेनको ८ सय मिटर लामो पुलको बिहीबार शिल्यान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका हुन् ।

शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् । ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ प्रधानमन्त्रीले भने, ‘यो पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना हो ।’

भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि यो पुल कोसेेढुंगा सावित हुने भन्दै प्रधानमन्त्रीले भने, ‘लामो समयको प्रतीक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’

उनले भर्खरै सम्पन्न आफ्नो भारत भ्रमणका बिषयमा ‘दुई देशबीचको सम्वन्ध निकै ठूलो उचाइमा पुर्‍याएको बताउँदै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना हुने, गौरीफण्टा नाकाको स्तर उन्नती गरिने लगायतका बिषयहरुमा महत्वपूर्ण सहमति भएको पनि उनले जानकारी दिए ।

झण्डै तीन अर्बको लागतमा निर्माण हुने ४ लेनको पुलको लम्बाई ८ सय मिटरको हुने छ भने ३ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार