https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

काँग्रेसले २ नम्बर प्रदेशको उम्मेदवार टुंगो लगायो

काठमाडौं, १६ भदौ – सत्ताधारी काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबा सबै उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललका अनुसार प्रदेश नम्बर–२ मा कायम एक सय ३६ वटै तहमा पार्टीको उम्मेदवार टुंगो लगएको हो ।

सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि बिहीबार पार्टी सभापति कञ्चनपुर पुगेकाले शुक्रबार मात्रै सबै नाम सार्वजनिक गरिने तयारी रहेको उनले बताएका छन् ।

निर्वाचनको तयारीका लागि पार्टीले प्रदेश २ का ८ जिल्लाका सबै तहमा प्रचार समिति गठन गरिसकेको छ । यस्तै, सबै जिल्लामा सञ्चार केन्द्र स्थापना समेत गरिएको छ । ती जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भतृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पौडेलले जानकारी दिएका छन् । निर्वाचन आचारसंहिताका कारण पार्टीले प्रचारका लागि ठूला आमसभाभन्दा पनि घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय ७८ मतदान केन्द्र तोकेकोछ । प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाताका लागि स्वयंसेवकसहित ३१ हजार भन्दा बढी कर्मचारी खटिने छन् । सुरक्षाका लागि प्रहरी प्रर्याप्त खटिने छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार