https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

फेसबुक माध्यमबाट ठगि गर्ने युवती प्रहरीको फन्दामा

काठमाडौं, १६ भदौ – विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्थिन् । – नयाँ पत्रिका दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार