सिटी एक्प्रेसको दशैं, तिहार र छठलाई उपहार योजना सार्वजनिक

काठमाडौं, १६ भदौ – सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सवएक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंस्थित् रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रा.लि.ले उक्त उपहार योजना सार्वजनिक गरेको हो । कम्पनिका प्रबन्धनिर्देशक चन्द्र टण्डनका अनुसार उपहार योजना अन्र्तगत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोलाचाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, र किरिङ उपहारस्वरुप जित्न सक्नेछन् ।

त्यस्तै साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाईल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एल.जी. रेफ्रिजिरेटर उपहार प्रदान गरिने पनि प्रा.लिले जनाएको छ ।

त्यसैगरि उपहार योजनाको अन्त्यमा एकजना भाग्यमानी विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल. कार जित्न सक्नेपनि कम्लेपनिका मार्केटिङ म्यानेजर सन्देश कटवालले जानकारी दिए । कटवालका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिए ।

उक्त उत्सव एक्सप्रेस अफर भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म लागु हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्धारा गरिने प्रबन्ध निर्देशक टण्डनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार