सुरक्षा निकायकै स्कर्टिङमा ८८ केजी सुन : १४ स्थानमा कहीँ पनि भएन चेकजाँच

काठमाडौं, २० भदौ – नेपालको भुमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ ।

तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच नभइ काठमाडौं आइपुगेको तथ्य फेला परेको छ ।
चिनीयाँ नागरिकले मगाएको सुन
ठमेलमा होटल सञ्चालन गर्दै आएका चिनीयाँ नागरिक याङवेन विङ र पान विङ मिङले मगाएको उक्त सुन प्रहरीले सुराकीको आधारमा सोमबार क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।

सुन लिन भारतीय नागरिक
काठमाडौं भित्र्याएको उक्त सुन लिन भारतीय नागरिक शिवम् पटेल र रानी वर्मा ठमेलमा बसेको भए पनि उनीहरुले सुन रिसिभ गर्न नपाउँदै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

चेक-जाँच भएन
रसुवागढीबाट आउको बा १ च ६४२७ नम्बरको टाटा स्ट्रोम गाडी बिनाचेक-जाँच राजधानी भित्रिएको थियो । १४ स्थानमा चेकजाँच गर्ने प्वाइन्ट भए पनि कहींकतै उक्त गाडी चेक भएको थिएन । –नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार