बडा दशैंः २८ गतेदेखि नोट साट्न पाइने

काठमाडौं, २२ भदौ-नेपाल राष्ट्र बैंकले दसैंका लागि भदौ २८ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट नयाँ नोटहरु साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । मुद्रा व्यवस्थापन विभागबाट एकजनाले अधिकतम २७ हजार रुपैयाँ बराबरको र ३ वाणिज्य बैंकबाट अधिकतम २० हजार रुपैयाँ बराबरको नोट साट्न पाइने छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार बैंकिङ कार्यालय खुल्ने अवधिसम्म सर्वसाधारणले नोट साट्न पाउने छन् ।
विभागका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र एक सय दरका नोटहरु साट्न पाउने छन् । आफूले साट्नका लागि राखेका प्रत्येक नोटहरु एक सयका दरमा प्याकेट बनाएर सोही आधारमा साट्न सक्नेछन् ।

राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, प्रहरी तथा अन्य संघसंस्थाहरुलाई पत्रका आधारमा मुद्रा व्यवस्थापन विभागबाट भदौ २१ गतेदेखि ३० गतेसम्म साट्न पाउने व्यवस्था गरेको छ ।

यस बाहेक अन्य वाणिज्य बैंकहरुले पनि भदौ २८ गतेदेखि नै सर्वसाधारणलाई सफा र सुकिला नयाँ नोट सटही व्यवस्था गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार