https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

उपभोक्ता ठगी गर्ने दुई घडी पसलमा सिलबन्दी, ७७ हजार पर्ने घडी २ लाख ५ हजारमा बिक्री

काठमाडौं,२२ भदौ- उपभोक्तालाई ठगी गरेको पाइएपछि काठमाडौं दरबारमार्गमा सञ्चालित दुईवटा घडी पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संक्षरण विभागको अनुगमन टोलीले बुधबार दरबारमार्गमा रहेका वाच एन्ड सी र सुलक्स सेन्टरमा सिलबन्दी गरेको हो । एमजीए इन्टरनेसनल प्रालिसहित तीनवटा घडी पसलमा अनुगमन गरिएकोमा वाच एन्ड सीले ४५ सय पर्ने घडी १३ हजारमा बेचेको र सुलक्क सेन्टरले ७७ हजार पर्ने घडी २ लाख ५ हजारमा बिक्री गरेको भेटिएको अनुगमन टोलीमा सहभागी उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका सदस्य दर्शन आचार्यले जानकारी दिए । उनका अनुसार एमजीएले भने ठगी गरेको भेटिएको छैन ।
ठगी गर्ने पसलमा अनुगमन टोलीले सिलबन्दी गर्न लाग्दा व्यापारीहरु विरोधमा उत्रिएका थिए । सिल गर्न पाइँदैन भनेर विरोध जनाएपछि केहीबेर प्रहरी र व्यापारीहरुबीच ठेलमठेल भएको थियो । त्यसपछि अनुगमन टोलीले थप सुरक्षाकर्मी बेलाएर दुई पसलमा सिल गरेको थियो । अनुगमन टोली संयोजक ढुण्डीराज पोखरेलसहितका अधिकारीहरु छन् । सरकारले चाडपर्व नजिकिएसँगै बजार अनुगमन जारी राखेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार