प्रदेश २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा ३६ हजार ७३ जनाको उम्मेदवारी


काठमाडौं,२३ भदौ -प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा ३६ हजार ७३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आगामी असोज २ गते प्रदेश नम्बर दुई अन्तरगतका एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा मतदान हुँदैछ ।
निर्वाचन आयोगका अनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्षमा एक हजार ७ सय ८३, उपप्रमुख एवं उपाध्यक्षमा एक हजार १ सय ३०, वडाध्यक्षमा ८ हजार १८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, खुला सदस्यमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३ सय ६० र दलित सदस्यमा ५ हजार ७ सय ५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २ सय ३० उम्मेदवारी परेको छ भने रौतहटमा सवैभन्दा कम १ सय ४६ जनाको उम्मेदवारी परेको आयोगको तथ्याङ्क छ । आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको आयोगको भनाई छ । असोज २ गते हुने तेस्रो चरणको निर्वाचनबाट प्रदेश नम्बर २ का ८ जिल्लामा ६ हजार ६ सय २७ जन प्रतिनिधी निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार