https://www.saurabhgroup.com/

नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर, दुई घाइते

काठमाडौं,२४ भदौ – नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट सवार गाडीले बानेश्वरमा मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन्। प्रहरीका अनुसार राज्यमन्त्री विष्ट सवार बा १ झ ७१६३ गाडीले बा ४८ प ९२५० को मोटरसाइकललाई ठक्कर दिएको हो । घाइते हुनेमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र अन्जु श्रेष्ठ रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको बानेश्वरकै एभरेष्ट अस्पतालमा उपचार भैरहेको स्रोतले जानकारी दिएको छ। घटनापछि केही समय बानेश्वरको सडक अवरुद्ध भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार