गाउँपालिकामा बैंक नहुँदा बिकासमा अबराेध

अार्थिक काराेवार ठप्प बै‌किङ सुबिधा पुगेन्

मुगु,२४ भदौ- जिल्लाको सोरु, खत्याड र मुगुम् कार्मारोङ गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई उत्पन्न भएको छ । छायाँनाथ रारा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, निर्धन बैंकलगायत बैंकहरु स्थापना भए पनि तीनवटा गाउँपालिकामा एउटा पनि बैंक नभएकाले आर्थिक कारोबार कठिनाई परेको छ ।
सरकार गत साउनमै गाउँपालिकास्तरमा बैंक स्थापना गरी सक्ने भनेपछि अहिलेसम्म स्थापना हुन सकेका छैन । गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी रकम निकासा गर्न जिल्ला पुग्नु पर्ने बाध्यता रहेकाे छ ।
बैंक नभएकाले आर्थिक कारोबार गर्न निकै कठिनाई भएको सोरु गाउँपालिका प्रमुख लोकबहादुर शाहीले बताए । जिल्लामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर आर्थिक कारोबार गर्नु परेको उनको भनाइ छ ।
गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि जिल्लामै बसेर काम गर्न थालेका छन् । जनप्रतिनिधि कर्मचारी जिल्लामै केन्द्रित हुन थालेपछि सेवाग्राहीलाई असुविधा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार