https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रतिनिधि सभा र प्रदेशकाे निर्वाचनको मतगणना एकैपटक हुने

काठमाडौं,२४ भदौ – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भने एकैपटक अघि बढाउने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दुई चरणमा हुने निर्वाचनको मतगणना भने एकैसाथ गर्ने निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।
मंसिर १० मा ३२ जिल्लामा पहिलो चरणको निर्वाचन हुने भए पनि मतगणना भने मंसिर २१ को निर्वाचनपछि मात्रै हुनेछ। २१ गते ४५ जिल्लामा निर्वाचन हुनेछ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रमलाई पनि अन्तिम रूप दिएको छ । निर्वाचन कार्यक्रम आजै सार्वजनिक गर्ने तयारीमा आयोग लागेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार