पैसाका लागि राजनीति गरेको छैनः पौडेल


काठमाडौं,२४ भदौ -नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाका लागि राजनीति गर्नेहरुले देशलाई यो स्थितिमा पु¥याएको बताएका छन् ।
व्यास नगरपालिका–१४ स्थित जलजला खानेपानी आयोजनाको आज उद्घाटन गर्दै नेता पौडेलले आफूले पैसाका लागि नभई समाजसेवाको भावनाले राजनीति गरेको स्पष्ट गर्नुभयो । गाउँमा निर्माण भएका यस्ता खानेपानी आयोजनाले ग्रामीण क्षेत्रका बासिन्दामा राहत पुग्ने उनकाे भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, काग्रेस तनहुँका सचिव विश्व बास्तोलालगायतले स्थानीय सरकार बनेपछि विकासले काँचुली फेर्दै गएको बताउनुभयो । रु ७० लाखको लागतमा सम्पन्न खानेपानी आयोजनावाट २०१ घर धुरी लाभान्वित हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार