थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

नुवाकोट,२५ भदौ – नुवाकोटको शिवपुरी गाउँपालिका-७, थानाभञ्ज्याङमा यात्रुवाहक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
मृत्यु भएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ । दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ ।प्रहरी घटनास्थल सम्म पुगिनसकेको र उद्धार कार्य जारी रहेको बतार्इएकाे छ ।

दुर्घटनाका घाईतेहरुको राजधानीको ग्रीनसीटि अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार