दशैंका लागि अग्रिम टिकट बुकिङ्ग आगामी मंगलबारबाट खुल्ने

काठमाण्डौ,२५ भदौ – दशैंको अग्रिम टिकट बुकिङ अगामी मंगलबार खुल्ने भएको छ । भाडादर वृद्धिको माग गर्दै दशैंको टिकट बुकिङ खुला गर्न अटेर गर्दै आएका यातायात व्यवासायी र भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरबीच सिंहदरबारमा भएको छलफलमा तत्काल टिकट बुकिङ खुला गर्दै अघि बढ्ने सहमती भएको हो ।

अघिल्ला वर्षहरुमा एक महिना अघिबाटै दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खुल्ने गरेपनि यातायात ब्यवसायी र सरकारबीचको विवादका कारण घटस्थापनाको एकसाता अघिबाट मात्र बुकिङ्ग खुल्ला हुन लागेको हो ।
बैज्ञानिक भाडादर लागु हुनुपर्ने र गाडीको छतमा सामान राख्न पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीले दशैको टिकट बुकिङ खुला गर्न अस्विकार गर्दै आएका थिए । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार यातायात व्यवसायीले यात्रुहरुलाई साविककै भाडा दरमा दशैको टिकट उपलब्ध गराउनेछन् ।
सिंहदरबारमा भएको सहमती अनुसार आगामी २७ गतेबाट टिकट बुकिङ खुला गर्ने, यात्रुका सामान छतमा राख्न पाउने, फास्ट ट्रायाकबाट सडकको मर्मत सम्भार गर्ने र बैज्ञानिक भाडा दर लागु गर्न गृहकार्य अघि बढाईने मन्त्रालयले जनाएको छ ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार