जम्बो बन्दै देउवा सरकार, सोमबार ४ मन्त्रीको सपथ

काठमाण्डौ,२६ भदौ प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौंपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
सोमबार बिहान ११ बजे राप्रपाका ३ मन्त्री र १ राज्यमन्त्रीको सपथ हुने भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार राप्रपा प्रजातान्त्रिकबाट सोमबार विज्ञान तथा प्रविधि मन्त्रीमा दिपक बोहोरा, उद्योग मन्त्रीमा सुनिल थापा र विक्रम पाण्डेले वन मन्त्रीको रुपमा सपथ ग्रहण गर्ने भएका छन् ।
राप्रपा प्रजातान्त्रिकबाटै रेशम लामाले उद्योग राज्यमन्त्रीको सपथ लिने भएका छन् । ४ जना थपिएपछि देउवा नेतृत्वको सरकार ५४ सदस्यीय हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार