काठमाण्डौ,२६ भदौ- नेपाली कथानक चलचित्र ‘शेरबहादुर’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकार सुनिल थापा, रविन्द्र झा, मेनुका प्रधान र कर्मा छन् ।फस्ट लुक्स पोस्टरसँगै चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरिएको छ । ‘शेरबहादुर’ माघ ६ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
आर राजवंशी निर्देशित चलचित्रलाई गौरशंकर धुजुले निर्माण गरेका हुन् । ‘शेरबहादुर’ मा अभिनेता सुनिल थापा ‘शेरबहादुर’ को मुख्य भूमिकामा देखिनेछन् ।