https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

कन्चनपुरमा तनावः स्थानीय र प्रहरीबीच झडप, १९ राउन्ड हवाईफायर

कन्चनपुर, ३० भदौ – कन्चनपुरको भीमदत्त नगरपालिका हल्दुखालस्थित महाकाली माविमा अध्ययनरत् छात्र तिलक चन्दको हत्याको विषयमा शुक्रबार स्थानीय र प्रहरीबीच झडप भएको छ ।सोक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

महाकाली जनसेवा मावि कक्षा–८ मा पढ्ने १३ वर्षीय बालक तिलक चन्द बुधबार राति मृत अवस्थामा फेलापरेका थिए । उनी गत आइतबार विद्यालयबाट बेपत्ता भएका थिए । प्रहरीले उनको शव हल्दुखालनजिकैको खोलामा भेटाएको थियो ।

सोही विषयमा मृतकका आफन्त र स्थानीयले शुक्रबार आरोपित आशिष अधिकारीको गोठ जलाइदिएपछि प्रहरीले आक्रोशित स्थानीयलाई नियन्त्रण गर्न १९ राउन्ड हवाईफायर र ८ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

सो क्षेत्रमा स्थिति तनावपूर्ण बनेपछि दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।

चन्दले कानमा लगाएका सुनको मुन्द्राको लोभमा उनकै साथी अधिकारीले उनको हत्या गरेको खुलेको छ । घटना सम्बन्धमा आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार