https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

मतदाताको घर–घरमै नयाँ नोट, टोलटोलमा भोजभतेर

काठमाडौं, २ असोज – शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’भित्र तराई–मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे । मतदानको अघिल्लो दिन असोज १ गते त दलहरुले विश्वकर्मा पूजाको बहानामा गाउँ, टोललाई भोजभतेर नै खुवाए ।

कतिपय उम्मेदवारले त मतदाताको घरघरमै नयाँ नोटको बिटो पनि पुर्याउन भ्याए । राष्ट्र बैंकले दशैंको अवसरमा साटेको करिब १६ अर्ब रुपैयाँमध्ये एक सय, ५ सय र एक हजार दरका नोट तराई–मधेसका मतदातालाई स्थानीय तहका उम्मेदवारमार्फत दिएको स्रोतको हवाला दिँदै लेखेको छ ।- अन्नपूर्ण पोस्ट दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार